काठमाडौं- नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदको भेला सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवन बीआईसीसीमा भेला डाकिएको छ । भेलामा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।
यसअघि आजै प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पनि आफू पक्षीय नेतासँग बालुवाटारमा छलफल गरेका थिए ।
आजै बिहान गृहमन्त्री रामबहादुर थापाले पनि आफू पक्षीय नेतासँग छलफल गरेका थिए । उनी ओलीले बोलाएको छलफलमा बालुवाटार गएका थिएनन् भने उनलाई भेट्न प्रचण्ड उनकै निवास पुल्चोक पुगेका थिए ।