सरकारलाई घेराबन्दी गरेर नयाँ जनादेशमा जान बाध्य पारियोः प्रधानमन्त्री-Sutra News

सरकारलाई घेराबन्दी गरेर नयाँ जनादेशमा जान बाध्य पारियोः प्रधानमन्त्री

सोमबार, ६ पौस २०७७

सोमबार, ६ पौस २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षका लागि जनादेश प्राप्त सरकारलाई घेराबन्दीमा पारिएपछि बाध्य भएर संसद भंग गरेर ताजा जनादेशका लागि जानु पर्ने बाध्यत्मक अवस्था सिर्जना भएको बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो संसद विघटन गर्ने कार्यको बचाउ गरेका हुन् ।



जनादेश राजनीतिक स्थायित्वका लागि भएपनि तर्कहीन विवाद र गतिरोध सिर्जना आजको अवस्था सिर्जना गरिएको प्रधानमन्त्री ओलीको जिकिर छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)प्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकार गठनको एक वर्ष नपुग्दै मुलुक बाहिर गएर अस्थिरताको सन्देश दिएको आरोप लगाए ।

सरकारलाई असफल बनाउन विभिन्न बार्गेनिङ गरेर सरकारलाई जनअपेक्षा अनुरुप अघि बढ्न नदिइएको प्रधानमन्त्री ओलीको भनाइ छ । आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि त्यसको चौतर्फ आलोचना भइरहेको छ । उनले आफ्नै पार्टीका नेताहरुले प्रतिपक्षभन्दा चर्को रुपमा सरकारको विरोध गरेका कारण काम गर्नै नसकिएको अवस्था सिर्जना भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट