काठमाडौं- प्रतिनिधिसभा विघटनकाे विरुद्धमा रणनीति बनाउन सानेपामा सर्वदलीय बैठक सकिएको छ । बैठकले प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमको संयुक्त प्रतिवाद गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
सर्वदलीय बैठकमा सहभागि नेताहरुले तीनवटै दलको केन्द्रीय समिति बैठक र आन्तरिक गृहकार्य सकेर सरकारविरुद्ध संयुक्त कार्यक्रम घोषणा गर्ने सहमति बनेको जनाएका छन् ।
कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुको उपस्थिति रहेको छ ।
उक्त बैठकमा नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, पम्फा भुसाल कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पाैडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक काेइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखक, जसपाका अध्यक्ष महन्थ ठाकुर, शरदसिंह भण्डारी र जितेन्द्र साेनलको उपस्थिति रहेको छ ।
बैठक अघि कांग्रेस, नेकपा र जसपा सबैले आन्तरिक छलफल गरेका थिए ।