संविधान विरोधी सरकारको कदमको राप्रपाले प्रतिरोध गर्छ : कमल थापा-Sutra News

संविधान विरोधी सरकारको कदमको राप्रपाले प्रतिरोध गर्छ : कमल थापा

सोमबार, ६ पौस २०७७

सोमबार, ६ पौस २०७७

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनको कदमविरुद्ध जनतामाझ गएर संघर्ष गर्ने बताएका छन् । सोमबार काठमाडौंमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै उनले कम्युनिस्टले जनतामाथि कुठाराघात गरेको आरोप लगाए ।



राप्रपाले संविधान विरोधी सरकारको कदमको प्रतिरोध गर्ने उनको भनाइ थियो । उनले प्रधानमन्त्री केपी ओली सरकारको कदमविरूद्ध जनसंघर्ष गर्दै राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने बताए ।

राप्रपाका अर्का अध्यक्ष पशुपति शम्भेर राणाले संविधानको कुनै दफा प्रयोग नगरि सरकारले संसद विघटन गरेको आरोप लगाए । उनले मन्त्रीपरिषद्ले सिफारिस गरे पनि राष्ट्रपतिले कुनै छलफल नै नगरी त्यसलाई पारित गर्नु दुर्भाग्य भएको टिप्प्णी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट