कोरोना भाइरसको नयाँ ‘भेरिएन्ट’ फैलिने डरले भारतमा कर्फ्यू-Sutra News

कोरोना भाइरसको नयाँ ‘भेरिएन्ट’ फैलिने डरले भारतमा कर्फ्यू

मंगलबार, ७ पौस २०७७

मंगलबार, ७ पौस २०७७

नयाँ दिल्ली- बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार (भेरिएन्ट) तीव्र फैलिएको भन्दै त्यहाँको सरकारले राजधानी लन्डनसहित धेरै क्षेत्रमा लकडाउन गरेपछि धेरै देशले  बेलायतसँगको आवातजावातमा प्रतिबन्ध लगाएका छन् । भाइरसको नयाँ प्रकार त्यति घातक भने नरहेको भनिएको छ । 



भारतले पनि बेलायतबाट आउने सबै उडान डिसेम्बर ३१ सम्मका लागि रोकेको छ । आज रातिसम्म बेलायतबाट भारत जाने सबै यात्रुको आरटी–पिसिआर परीक्षण गरिने भएको छ । संक्रमितहरु भेटिएमा उनीहरुलाई क्वारेन्टिनमा राखिने र अन्यलाई सात दिन आफ्नै घरमा आइसोलेसनमा बस्नुपर्ने प्रावधान छ । 

महाराष्ट्रमा कर्फ्यू

कोरोना भाइरसको नयाँ स्ट्रेन तीव्र फैलिएको बेलायत सरकारको भनाइ पछि महाराष्ट्र सरकारले भारतमा संक्रमण प्रसार हुन नदिन मुम्बईलगायतका सहरमा ५ जनवरीसम्म रात्रि कर्फ्यू लगाएको छ । कर्फ्यू राति ११ बजेबाट बिहान ६ बजेसम्म लागू हुनेछ । युरोप र मध्य पूर्वबाट आउने यात्रुका लागि क्वारेन्टिनसम्बन्धी नयाँ नियम घोषणा गरिएको छ । 

नाइट कर्फ्यूका क्रममा अत्यावश्यक सेवा भने सञ्चालन हुनेछन् । यससमयमा पाँच जनाभन्दा धेरै मानिस एकै ठाउँमा भेला हुन रोक लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट