काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकले महाधिवेशन आयोजक समिति घोषणा गरेको छ ।
मंगलबार बसेको बैठकले ५५६ नयाँ सदस्य थप गरेर महाधिवेशन आयोजक समिति घोषणा गरेको हो । ओलीले साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय घोषणा गरेका हुन् । जसमा १९७ जनापछि थप गर्ने बताइएको छ ।