काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि कारबाही गर्ने निर्णय गरेको छ ।
मंगलबार बबरमहलमा बसेको बैठकले अध्यक्ष ओलीलाई कारबाही गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । ओलीलाई कारबाहीपछि रिक्त अध्यक्ष पदमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय समेत बैठकले गरेको ती नेताकाे भनाइ छ ।
सो निर्णय पारित गराउनका लागि अहिले जारी केन्द्रीय समितिमा प्रस्ताव लगिएको छ । नेपाल–प्रचण्ड पक्षीय बैठकमा ४४७ केन्द्रीय सदस्यमध्ये ३१० केन्द्रीय सदस्य उपस्थित छन् ।