मंगलबार थपिए ७२२ जना कोरोना संक्रमित-Sutra News

मंगलबार थपिए ७२२ जना कोरोना संक्रमित

मंगलबार, ७ पौस २०७७

मंगलबार, ७ पौस २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९ सय ६६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको छ । 

हाल देशभर ७ हजार ७ सय २९ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय १३ जना क्वारेन्टिनमा छन् ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट