कोरोना भाइरसको नयाँ संस्करणमाथि पनि फाइजर र मोडर्नाको परीक्षण-Sutra News

कोरोना भाइरसको नयाँ संस्करणमाथि पनि फाइजर र मोडर्नाको परीक्षण

मंगलबार, ७ पौस २०७७

मंगलबार, ७ पौस २०७७

वासिङ्टन- कोरोना भाइरसको नयाँ संस्करण फैलिएको आशंकामा बेलायतमा फाइजर र मोडर्नाको खोप परीक्षण गरिएको छ । यी खोपले नयाँ प्रकारको कोरोनाका लागि पनि काम गर्छ की गर्दैन भनेर थाहा पाउन परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।



बेलायतमा गरिएको यो परीक्षणबाट त्यसले काम गर्ने वा नगर्ने बारेमा एक हप्तामा मात्रै यकिन हुने जनाइएको छ । ‘अहिलेसम्मको विश्लेषण अनुसार मोडर्नाले त्यसका विरुद्धमा काम गर्ने जस्तो देखिएको छ,’ मोडर्नाद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

यस बारेमा थप विवरण भने आगामी हप्ता जानकारी दिइने पनि वक्तव्यमा जनाइएको छ । परीक्षणका लागि केही रगत संकलन गरेर सम्बन्धित ठाउँमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट