नयाँ अध्यक्ष बनाएको पत्र लिएर प्रचण्ड-नेपाल समूह निर्वाचन आयोग जाने-Sutra News

नयाँ अध्यक्ष बनाएको पत्र लिएर प्रचण्ड-नेपाल समूह निर्वाचन आयोग जाने

मंगलबार, ७ पौस २०७७

मंगलबार, ७ पौस २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव नेपाल समूह भोलि निर्वाचन आयोग जाने भएका छन् ।



नेकपाको अध्यक्षबाट केपी शर्मा ओलीलाई कारबाही गरेर माधव नेपाललाई अध्यक्ष बनाएको पत्र निर्वाचन आयोगमा लैजाने निर्णय आज बसेको केन्द्रीय कमिटीको बैठकले गरेको हो ।

प्रचण्ड-नेपाल समूह बुधबार १० बजे निर्वाचन आयोग जान लागेको एक नेताले जानकारी दिए । ती नेताले भने, ‘अहिले कायम रहेको ४ सय ३५ सदस्यीय केन्द्रीय कमिटिमा हाम्रो पक्षमा ३ सय भन्दा बढी केन्द्रीय सदस्य छन् । केपी ओलीसँग नयाँ पार्टी खोल्न सक्ने संख्या समेत छैन,’ उनले भने, ‘४ सय ३५ को हस्ताक्षरनै वैधानिक हो । केपी ओलीले १५ सय त के २५ हजार लगेर राखे पनि त्यो वैधानिक हुँदैन ।’

नेकपा गठन हुँदा तत्कालिन नेकपा एमालेबाट २ सय ४१ र माओवादी केन्द्रबाट २ सय गरी ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो । त्यसपछि एकता प्रक्रियाबाट थपिएका गरी ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट