काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारीणी समिति बैठकले संसद अधिवेशन आव्हान गर्न प्रतिनिधिसभाका सभामखुलाई आग्रह गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद जिवितै रहेको निष्कर्ष सहित सभामुख अग्निप्रसाद सापकोटालाई बैठक सुरु गर्न आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा अहिलेपनि जीवित रहने निष्कर्ष सहित सभामुखलाई बैठक आव्हान गर्न आग्रह गर्ने निर्णय भएको बताए ।
उनले भने, ‘प्रतिनिधिसभा अहिलेपनि जीवित छ । त्यसकारणले हामीले सभामुखलाई प्रतिनिधि सभाको बैठक सुरु गर्नको निम्ति आव्हान गर्ने निर्णय गरेका छौं ।’
प्रतिनिधिसभा विघटनको विरुद्धमा विभिन्न संघर्षका कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।