ओली पक्षधरले मनोनित केन्द्रीय सदस्यलाई प्रशिक्षण दिने-Sutra News

ओली पक्षधरले मनोनित केन्द्रीय सदस्यलाई प्रशिक्षण दिने

बुधबार, ८ पौस २०७७

बुधबार, ८ पौस २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षधरले पार्टी केन्द्रीय सदस्यमा मनोनितहरुलाई प्रशिक्षण दिने भएको छ । संसद विघटनसँगै पार्टी चोइटिएपछि नेकपा ओली पक्षधरले मंगलबार थप गरेका सदस्यहरुलाई प्रशिक्षण दिने कार्यक्रम तय गरेको हो । जसमा सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदिप ज्ञवाली कर्णबहादुर थापा र डा. विन्दा पाण्डेलाई प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।



त्यस्तै कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य, गण्डककी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरुङ, किरन गुरुङ र सिता पौडेल, बागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल, प्रदेश नम्बर ६ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल, जुलीकुमारी महतो र प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फेलाई प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।

प्रवक्ता प्रदिप ज्ञवालीले बुधबार विज्ञप्ति जारी गरी सो विषयमा जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट