प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाइ शुरु-Sutra News

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाइ शुरु

बुधबार, ८ पौस २०७७

बुधबार, ८ पौस २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ सुरु भएको छ ।



प्रतिनिधिसभा विघटनविरुद्ध परेका १२ वटा रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा परेका छन् । १२ मध्ये तीनवटा रिटमाथि सुनुवाइ शुरु भएको सर्वोच्च अदालतले जनाएको छ ।

कञ्चन न्यौपाने, अमृत खरेल र अधिवक्ता लोकेन्द्र ओलीलगायतले दर्ता गरेको रिटमाथि सुनुवाइ शुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ मा प्रतिनिधिसभा भंग गरी आगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन स्वीकृत गरेकी थिइन् ।

संसद् विघटन असंवैधानिक भएको दाबीसहित राष्ट्रपति र प्रधानमन्त्रीलाई विपक्षी बनाई सर्वोच्चमा एक दर्जन रिट परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट