काठमाडाैं- कालीगण्डकी करिडोरको भोक्रोफाँट भएको ट्रक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । नवलपरासी पूर्वको गैंडाकोट नगरपालिकाअन्तर्गत कालीगण्डकी करिडोरको भोक्रेफाटमा बुधबार बिहान ना ३ ख ५३३९ नम्बरको ट्रक भिरबाट २ सय मिटर तल खस्दा ३ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरासी पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणका अनुसार लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको थामबेंसीबाट फर्कँदै गर्दा दुर्घटना भएको र उक्त दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।