भारतमा कोरोना संक्रमितको संख्या एक करोड नजिक-Sutra News

भारतमा कोरोना संक्रमितको संख्या एक करोड नजिक

बुधबार, ८ पौस २०७७

बुधबार, ८ पौस २०७७

नयाँदिल्ली- भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या बुधबारसम्म एक करोड एक लाखको नजिक पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २३ हजार ९५० नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ९९ हजार ९५० पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।



गत २४ मा भारतमा कोरोना संक्रमणका कारण ३३३ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४६ हजार ४४४ जना पुगेको छ । भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा ९३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको र २५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । भारतमा कोभिड–१९ सुरू भएयता भाइरस संक्रमणका कारण १० हजार ३२९ जनाको मृत्यु भइसकेको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा ९६ लाख ३८२ हजार व्यक्ति संक्रमणामुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ८९ हजार २४० सक्रिय संक्रमित रहेका छन् । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १६ करोड ४२ लाख ६८ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट