प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेता चयन गर्दै-Sutra News

प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेता चयन गर्दै

बुधबार, ८ पौस २०७७

बुधबार, ८ पौस २०७७

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले आज विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूको बैठक बोलाएको छ ।



संसदीय दलको बैठक आज बुधबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको एक हलमा बस्दैछ । यस बैठकले प्रचण्डलाई आफ्नो समूहको संसदीय दलको नेता चयन गर्ने बताइएको छ ।

हिजो मंगलबार मात्र यस समूहले माधव नेपाललाई आफ्नो समूहको अध्यक्ष चयन गरेको छ । नेपाललाई अध्यक्ष र प्रचण्डलाई संसदीय दलको नेता चयन गर्ने समझदारी उनीहरूबीच अघि नै भइसकेको र यसबारे निर्णय मात्र हुने प्रचण्ड–माधव समूहका एक नेताले जानकारी दिए ।

यसअघि सोमबार डाकिएको सांसदहरूको भेलामा प्रचण्ड–नेपाल समूहमा ९० जना विघटित संसदका सांसदहरू सहभागी थिए । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई बनाउनुपर्ने प्रस्ताव उक्त अविश्वास प्रस्तावमा राखिएको थियो ।

हिजो मंगलबार काठमाडौंका बेग्लाबेग्लै स्थानमा ओली पक्षले र प्रचण्ड–नेपाल पक्षले आ–आफ्नो केन्द्रीय समितिको बैठक बसाएसँगै नेकपा औपचारिक रूपमा फुटिसकेको छ ।

दुवै पक्षले आधिकारिक नेकपा आफूहरू भएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट