दक्षिण कोरियामा जन्म दर घट्यो-Sutra News

दक्षिण कोरियामा जन्म दर घट्यो

बुधबार, ८ पौस २०७७

बुधबार, ८ पौस २०७७

दक्षिण कोरिया- दक्षिण कोरियामा जन्मदरमा कमी आएको समाचारमा जनाइएको छ । दक्षिण कोरियामा गत वर्षको तुलनामा यसवर्ष जन्म दरमा कमी आएको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् । अधिकारीहरुले गत वर्षको तुलनामा यसवर्ष कम्तीमा पनि १४ प्रतिशतले यहाँको जन्म दरमा कमी आएको बताइएका हुन् ।



यस वर्षको अक्टोबरमा २१ हजार ९३४ जना बालबालिका जन्मिएका हुन् । ती अधिकारीहरुका अनुसार यो संख्या यसै महिनाको अघिल्लो वर्षको तुलनामा कम्तीमा पनि १४.४ प्रतिशत हुन आउँछ ।

यो जन्म दर दक्षिण कोरियामा सन् १९८१ देखि सुरु गरिएको यससम्बन्धी तथ्यांककै सबैभन्दा कम रहेको स्टाटिस्टीक्स कोरियाले जनाएको छ । दक्षिण कोरियामा युवतीहरुले उमेर धेरै भए पछि मात्र विवाह गर्ने प्रचलन बसेको छ । जसका कारण जन्मदरमा कमी आएको पाइएको हो ।

सो महिना अर्थात् अक्टोबरमा पनि विवाह गर्ने महिलाको संख्यमा कमी आएको देखिएको छ । यसै वर्षको अक्टोबरमा पहिलो वर्षको सो महिनाको तुलनामा १९ प्रतिशत भन्दा कमले विवाह गरेका पनि सो तथ्यांमा पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट