सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा-Sutra News

सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

बुधबार, ८ पौस २०७७

बुधबार, ८ पौस २०७७

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको बताएका छन् । आज एक वक्तव्य जारी गर्दै उनले संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको बताएका हुन् । 



वक्तव्यमा लेखिएको छ, ‘विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ ।’

यस्तै उनले संसदको सातौं अधिवेशन सुरु गर्ने गृहकार्य भइरहँदा अप्रत्यासितरूपमा प्रतिनिधिसभामाथि अवरोध सिर्जना गरिएकोमा सिंगो प्रतिनिधि सभा र आफू मर्माहत भएको बताएका छन् । उनले संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता अझ बढेर गएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट