काठमाडाैं- नेकपाको प्रचण्ड-माधव नेपाल समूहले महासचिवमा सुरेन्द्र पाण्डेलाई चयन गर्ने तयारी गरेको छ । पेरिसडाँडामा जारी सचिवालय बैठकमा पाण्डेलाई महासचिव चयन गर्ने बारेमा छलफल भइरहेको छ ।
सचिवालय सदस्य झलनाथ खनालका अनुसार महासचिवको टुंगो आजै लाग्ने तर अहिले नाममा टुंगो लागि नसकेको जानकारी दिए ।
सचिवालय बैठकले नाम टुंगो लगाएपछि आजै बस्ने केन्द्रीय समितिको बैठकमा अनुमोदन गराउने तयारी भइरहेको छ ।