सबै निर्वाचन क्षेत्रमा पुस १३ गते संसद् विघटनको विरोधमा प्रदर्शन गर्ने कांग्रेसको निर्णय-Sutra News

सबै निर्वाचन क्षेत्रमा पुस १३ गते संसद् विघटनको विरोधमा प्रदर्शन गर्ने कांग्रेसको निर्णय

बिहिबार, ९ पौस २०७७

बिहिबार, ९ पौस २०७७

काठमाडौं- नेपाली कांग्रेसले सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले यही पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा पार्टीका क्षेत्रीय कार्यसमितिका आयोजनामा एकसाथ प्रदर्शन गर्ने निर्णय गरेको छ ।



मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न यही पुस ७ देखि जारी कांग्रेस केन्द्रीय समितिको बैठक पुस १० गते अपराह्न १ बजे पुनः बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टी सभापति शेरबहादुर देउवाका अध्यक्षतामा बसेको बैठकमा आज उपसभापति विमलेन्द्र निधि तथा केन्द्रीय सदस्य प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले आआफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट