कोरोनाविरुद्धको करोडौं खोप उत्पादन गर्दै भारत-Sutra News

कोरोनाविरुद्धको करोडौं खोप उत्पादन गर्दै भारत

बिहिबार, ९ पौस २०७७

बिहिबार, ९ पौस २०७७

काठमाडौं- भारतले कोभिड-१९ विरुद्धको खोप विकास गर्ने काम गरिरहेको छ । भारतले विकास गरिरहेको खोप अन्तिम चरणमा रहेको छ । आफ्नो मुलुकका लागि मात्र नभएर विश्वव्यापी स्वस्थताका लागि भारतले खोप उत्पादन गर्ने भएको हो ।



कोरोना महामारीविरुद्धको सामूहिक लडाईंमा छिमेकी मुलुकहरूसहित विश्वलाई नै खोप उपलब्ध गराउनु आफ्नो दायित्व भएकोसमेत भारतले बताएको छ । विश्व फार्मेसीको केन्द्र बनिरहेको भारतले कोरोनाविरुद्धको उपचारमा प्रभावकारी मानिएको हाइड्रोक्सीक्‍लोरोक्वाइन र रेम्डेसिभिर पनि अमेरिकासहित विश्वका विभिन्‍न मुलुकहरुलाई उपलब्ध गराएको थियो ।

विश्वमा नै आरटी–पीसीआरसँगै र्‍यापिड एन्टिजेन परीक्षण गर्ने भारत पहिलो मुलुक हो । सुरुवातमा र्‍यापिड एन्टिजेन परीक्षण गरेको भन्दै भारतको आलोचना गरिएको थियो । तर, पछि विश्व स्वास्थ्य संगठनले नै र्‍यापिड एन्टिजेन परीक्षणलाई स्वीकार गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २४ मार्चमा पहिलोपटक लकडाउन घोषणा गर्दा देशभर कुल कोरोना भाइरस संक्रमितको संख्या ५०० मात्र थियो । प्रधानमन्त्री मोदीले उपयुक्त समयमा लकडाउनको घोषणा गरेका थिए । यदि लकडाउन ढिलो गरिएको भए वास्तवमै त्यो लकडाउनले उपयुक्तरुपमा काम गर्नसक्ने अवस्था हुँदैनथ्यो । अहिलेसम्म मुलुकभरका सम्पूर्ण अस्पतालहरु भरिसकेका हुन्थे।

लकडाउनको समयमा १५ हजार ३६२ कोभिड–१९ स्वास्थ्य सुविधाहरु १५ लाख ४० हजार आइसोलेसन बेड, दुई लाख ७० हजार अक्सिजनसहितका बेडहरु र ७८ हजार आईसीयू बेडहरु तयार गरिएका थिए । यही अवधिमा मुलुकभरका विभिन्‍न सरकारी अस्पतालहरुमा ३२ हजार ४०० भेन्टिलेटरहरु वितरण गरिएका थिए ।

भारतको संघीय सरकारले ३ करोड ७० लाख एन९५ मास्क, एक करोड ६० लाख पीपीईहरु विभिन्‍न राज्य सरकारहरुलाई उपलब्ध गराएको थियो । प्रधानमन्त्री गरिब कल्याण प्याकेजअन्तर्गत सरकारले १७० लाख करोड रुपैयाँ बराबरको खाद्यान्‍न र महिला तथा ज्येष्ठ नागरिकहरुलाई नगद प्रदान गरिएको थियो ।

करिब ४२ करोड गरिब नागरिकरुले सरकारले उपलब्ध गराएको आर्थिक सहायता प्राप्त गरेका छन् । जसमा ६८ हजार ८२० करोड भारतीय रुपैयाँ खर्च भएको छ । १७ हजार ८९१ करोड रुपैयाँ प्रधानमन्त्री किसान स्किमअन्तर्गत भारतका ९ करोड किसानहरुलाई उपलब्ध गराइएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट