काठमाडौं- धरहराको २०औं तलाको पुनःनिर्माणको काम सकिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहराको २०औं तलाको पुनःनिर्माण गर्ने काम सम्पन्न भएको जनाएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले अहिले २०औं तलामा बार्दली बनाउने काम भइरहेको बताए ।
तस्बिर:रासस