राष्ट्रपतिद्वारा क्रिसमसको शुभकामना, राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास-Sutra News

राष्ट्रपतिद्वारा क्रिसमसको शुभकामना, राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास

शुक्रबार, १० पौस २०७७

शुक्रबार, १० पौस २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।



यस्ता धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाएव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने  विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् ।

राष्ट्रपतिले यसबाट दिगो शान्ति प्रबर्द्धनमा सहयोग पुग्ने र समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई थप प्रेरणा मिल्ने विश्वास पनि व्यक्त गरेकी छन् । क्रिसमस, विश्वसभरका इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाउने पर्व हो । इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २५ तारिखलाई धार्मिक -सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट