काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा भंग गरेको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी ओलीले संसद् विघटनको निर्णय गरेपछि विभाजित भएको नेकपाको प्रचण्ड–नेपाल समूहले त्यसको विरोधमा प्रदर्शन गरेको हो ।
उनीहरूले ‘प्रतिनिधिसभा विघटनको असंवैधानिक घोषणा खारेज होस्, हामी यहाँ छौं’ लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका छन् ।नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार माइतीघर मण्डलामा भेला भएर प्रदर्शनसहित दिउँसो १२ बजे निर्वाचन आयोग पुग्ने कार्यक्रम छ ।
प्रदर्शनमा नेकपा प्रचण्ड, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता श्रेष्ठ, भीम रावलसहितका शीर्ष नेताहरूको उपस्थित छन् ।