काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका सबै रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन भएको छ ।
सर्वोच्चमा बुधबार भएको सुनुवाइपछि संवैधानिक इजलासमा पठाइएको यो विषयको सुनुवाइका लागि प्रधानन्यायाधीश राणासँगै न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी नाममा पेशी तोकिएको छ ।
प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत संसद् विघटन गरेको भन्दै सर्वोच्चमा दायर रिटमाथि सुनुवाइ हुन लागेको हो ।