भोजपुरमा जिप दुर्घटना हुँदा चालकको मृत्यु-Sutra News

भोजपुरमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

शुक्रबार, १० पौस २०७७

शुक्रबार, १० पौस २०७७

भोजपुर- भोजपुर नगरपालिका–५ काउलेमा बोलेरोले किच्दा चालकको ज्यान गएको छ । आज बिहान ६:३० बजे मे१ज २९८८ नंको बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।



आफैँ साहु तथा चालक रहेका तामाङलाई गाडी स्टार्ट नभएपछि मर्मत गर्ने क्रममा पछाडि सरेर किचेको प्रहरीको भनाइ छ । तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट