प्रदर्शनलाई व्यवस्थित, शान्तिपूर्ण र प्रभावकारी बनाउन तरुण दलको निर्देशन-Sutra News

प्रदर्शनलाई व्यवस्थित, शान्तिपूर्ण र प्रभावकारी बनाउन तरुण दलको निर्देशन

शुक्रबार, १० पौस २०७७

शुक्रबार, १० पौस २०७७

काठमाडौं- नेपाल तरुण दलले यही पुस १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेसले देशभर गर्न लागेको विरोध प्रदर्शनलाई व्यवस्थित, शान्तिपूर्ण र प्रभावकारी बनाउन सबै जिल्ला समितिहरुलाई निर्देशन दिएको छ ।



शुक्रबार तरुण दलले एक विज्ञप्ति प्रकाशित गर्दै प्रदर्शनमा सबै जिल्ला समितिहरुलाई पार्टी संघ समन्वय गरी जिल्लाका सम्पूर्ण क्षेत्र, महानगर, नगरपालिका, गाउँपालिका एवं वडा तहका समितिहरुलाई व्यापक परिचालन गर्न निर्देशन दिएको हो ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टीको केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा नेपाली कांग्रेस पार्टीले यहि २०७७ साल पुस १३ गते सोमबार १६५ संघीय निर्वाचन क्षेत्रमा क्षेत्रीय कार्यसमितिको आयोजनामा एकसाथ विरोध प्रदर्शन गर्ने भएको जानकारी गराउँदै उक्त विरोध प्रदर्शनलाई भव्य, व्यवस्थित, शान्तिपूर्ण र प्रभावकारी बनाउन त्यस जिल्ला समितिले पार्टी संघ समन्वय गरी जिल्लाका सम्पूर्ण क्षेत्र, महानगर, नगरपालिका, गाउँपालिका एवं वडा तहका समितिहरुलाई व्यापक परिचालन गर्नरगराउन निर्देशन गरिन्छ ।’

विज्ञप्तिमा पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन पार्टीले आयोजना गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न जिल्ला समितिहरुलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट