निर्वाचन आयोग पुगेर प्रचण्ड-नेपालले गरे सूर्य चिन्हको दाबी-Sutra News

निर्वाचन आयोग पुगेर प्रचण्ड-नेपालले गरे सूर्य चिन्हको दाबी

शुक्रबार, १० पौस २०७७

शुक्रबार, १० पौस २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिता र चुुनाव चिह्न दाबी गर्दै  ज्ञापनपत्र बुझाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाललगायत नेता आयोग पुगी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई आज ज्ञापनपत्र बुुझाएको हो ।



सो अवसरमा अध्यक्ष दाहालले नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमध्ये दुुई तिहाइ अर्थात् २९५ जनाको दस्तखत आफ्ना पक्षमा रहेको जिकिर गर्दै दलको आधिकारिता र चुनाव चिह्न आफूले पाउनुपर्ने माग गरे ।

उनले भने, ‘संविधानको मर्म, ऐन र नियमको यहाँहरुलाई राम्रो ज्ञान छ, हामीलाई भरोसा र विश्वास छ, आयोग हाम्रो संवैधानिक व्यवस्थाअनुुसार नै आधिकारिकता, चुुनाव चिह्न र नामावलीबारे निर्णयमा पुुग्नेछ ।’

आयोगले सबै केन्द्रीय सदस्यलाई बोलायो भने उपस्थित हुन तयार रहेको विश्वास दिलाउँदै अध्यक्ष दाहालले आधिकारिताका लागि त्यसभन्दा ठूलो अरू प्रमाण केही हुुन सक्दैन भने । उनले भने, ‘हामी सबै हस्ताक्षरकर्तालाई बोलाएर दस्तखत रुजुु गरियोस् । यस विषयलाई हाम्रो परम्परा, कानून, नियमअनुुसार छिटो टुुङग्याइयोस् ।’

अर्का अध्यक्ष नेपालले पार्टीको आधिकारिकता र चुुनाव चिह्नबारे कानूून र विवेकसम्मत ढंगबाट निर्णयमा पुुग्न आयोगलाई सुुझाव दिए । उनले भने, ‘लोकतान्त्रिक मूूल्यमान्यता, संविधान र कानूनका आधारमा उठेका प्रश्न छिनोफानो हुनेछ भन्ने हामीले विश्वास गरेका छौँ ।’

सो अवसरमा प्रमुख आयुक्त थपलियाले संविधान र निर्वाचनसम्वन्धी कानूनमा व्यवस्था भएअनुुरुप विवाद निरुपणको प्रक्रिया प्रारम्भ हुने जानकारी दिए । उनले भने, ‘विधान, स्थापित नजीर र प्रचलित कानूनका आधार आधारमा ऐनले दिएको अधिकार क्षेत्रभित्र रही अत्यन्तै न्याय हुने ढंगबाट आयोगले न्याय निरुपण गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट