बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, तीन मन्त्रीद्वारा पद त्याग-Sutra News

बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, तीन मन्त्रीद्वारा पद त्याग

शुक्रबार, १० पौस २०७७

शुक्रबार, १० पौस २०७७

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइ अविश्वासको प्रस्ताव दर्ता भएको हो ।



आज बिहान ११ बजेर २५ मिनेटमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले जानकारी दिए । उनका अनुसार ४६ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको हो ।

यसैबीच बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।

2020-12-25_Shalikaram-.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट