काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक बोलाएका छन् । ओलीले शुक्रबार बेलुका ६ बजेका लागि बैठक बोलाएका छन् । संसद विघटनपछि पहिलोपटक मन्त्रीपरिषद् बैठक बस्न लागेको हो ।
गएको आइतबार प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् मार्फत प्रतिनिधिसभा विघटनको सिफारिस गराई राष्ट्रपति समक्ष लगेका थिए । सोही दिन राष्ट्रपतिले संसद विघटन गरेकी थिइन् ।
त्यसपछि प्रचण्ड-नेपाल खेमाका सात मन्त्रीले राजीनामा दिएका छन् । बेलुका बस्ने बैठकमा समसायिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।