संसद् विघटनको मुद्धा अदालतसँगै जनता र सडकमा गयो : प्रचण्ड-Sutra News

संसद् विघटनको मुद्धा अदालतसँगै जनता र सडकमा गयो : प्रचण्ड

शुक्रबार, १० पौस २०७७

शुक्रबार, १० पौस २०७७

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतप्रति आफूहरूको भरोसा रहेको बताएका छन् ।



पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘संविधानको मर्म र भावना, जनभावना अनुसार प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक छ भन्ने फैसला गर्छ भन्ने विश्वास लिएका छौं ।’

साथै प्रचण्डले यो मुद्दा अदालतसँगै जनता र सडकमा गएको बताए । आफ्नो पार्टी सडकमा आएको र अरु दलसँग मिलेर संयुक्त संघर्ष गर्ने तयारीमा रहेको पनि प्रचण्डले पत्रकार सम्मेलनमा जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट