काठमाडौं- नेकपाको आन्तरिक किचलोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरे । त्यसको विरोध पार्टीकै अर्को पक्षले गर्यो ।
प्रतिनिधिसभा विघटनकै विषयलाई लिएर नेकपा विभाजित बनेको छ । त्यसको असर मन्त्रीपरिषद्सम्म पुग्यो ।
अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका ७ जना मन्त्रीहरूले राजीनामासमेत दिए । ७ मन्त्रीले राजीनामा दिएपछि अपूर्ण बनेको मन्त्रीपरिषद्लाई ओलीले आज विस्तार गरेका हुन् ।
मन्त्रीहरू
टोपबहादुर रायमाझी-उर्जा
मणि थापा-खानेपानी
प्रभु साह-शहरी विकास
प्रेम आले-वन
गणेश ठगुन्ना-सामान्य प्रशासन
गौरी शंकर चौधरी-श्रम
दावा लामा-युवा तथा खेलकुद
जुली कुमारी महतो-महिला बालबालिका
विमला विश्वकर्मा-उद्योग राज्यमन्त्री
भानुभक्त ढकाल- पर्यटन (मन्त्रालय हेरफेर)
हृदयेश त्रिपाठी- स्वास्थ्य (मन्त्रालय हेरफेर)
लीलानाथ श्रेष्ठ-कानून
शिवमाया तुम्बाहाङ्फे-भूमिसुधार
पद्मा अर्याल- कृषि
कृष्ण गोपाल श्रेष्ठ- शिक्षा