काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनविरुद्ध प्रदेश २ का जिल्लाहरुमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएको छ ।
जिल्लाको सदरमुकामहरुमा प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिपति विद्यादेवी भण्डारीको पुत्ला जलाइएको हो ।
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै शुक्रबार जनकपुरको शिवचौकमा पुत्ला जलाएका हुन्।