ज्यान मार्ने उद्योग र अंगभंग मुद्दाका फरार एक पक्राउ-Sutra News

ज्यान मार्ने उद्योग र अंगभंग मुद्दाका फरार एक पक्राउ

शनिबार, ११ पौस २०७७

शनिबार, ११ पौस २०७७

लहान-  ज्यान मार्ने उद्योग र अंगभंगलगायतका मुद्दामा फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–३ निवासी ४० वर्षीय खगेश्वर गोहिवार रहेको प्रहरीले जनाएको छ ।



ज्यान मार्ने उद्योग, अंगभंग र अभद्र व्यवहार मुद्दामा फरार उनीलाई सप्तरीको छिन्नमस्ता गाउँपालिकाको सखडामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

पक्राउ परेका गोहिवारविरुद्ध ज्यान मार्ने ती मुद्दा दर्ता रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट