काठमाडौं- नेकपा नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएको बताएका छन् । उनले चुनावको मिति तोकेर पदबाट राजीनामा दिनुको सट्टा निरंकुश शासक झैं मन्त्रिपरिषद विस्तार गरेको आरोप लगाएका छन् ।
उनको स्वेच्छाचारी चरित्र र पदको उन्माद आफैं पर्दाफास गरेको रावलको टिप्पणी छ । ट्वीटरमा लेख्दै रावलले देश, जनता र पार्टीप्रति ओलीले विश्वासघात र संविधानमाथि घात गरेको बताएका छन् ।
रावल नेपाल कम्युनिस्ट पार्टीमा प्रचण्ड-माधव नेपाल पक्षधर नेता हुन् । संसद बिघटनपछि प्रधानमन्त्री ओलीले बिहीबार शुक्रबार विस्तार गरेका थिए ।
देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथ घात गर्ने प्रधानमन्त्री ओलीले आफै चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निनरंकुश शासक झैं मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन्।आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद आफै पर्दाफास गरेकाछन्।
— Bhim Rawal, PhD (@BhimRawal179) December 26, 2020