काठमाडौं- राष्ट्रियसभाको हिउँदे अधिवेशन यही पुस १७ गतेदेखि सुरु हुने भएको छ ।
सरकारले राष्ट्रियसभाको हिउँदे अधिवेशन यहीँ पुस १७ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । गत असार १८ गते अधिवेशनको अन्त्य भएको थियो ।