शनिबार थपिए पाँच सय कोरोना संक्रमित-Sutra News

शनिबार थपिए पाँच सय कोरोना संक्रमित

शनिबार, ११ पौस २०७७

शनिबार, ११ पौस २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ५ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । 



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय जनामा कोरोना पुष्टि भएको हो । यो सहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८४० जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४९ हजार १ सय ३२ पुगेको छ । त्यस्तै, यसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट