प्रतिनिधिसभा विघटन: नागरिक अगुवा सडकमा-Sutra News

प्रतिनिधिसभा विघटन: नागरिक अगुवा सडकमा

शनिबार, ११ पौस २०७७

शनिबार, ११ पौस २०७७

काठमाडौं- नागरिक समाजका अगुवाहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।



शनिबार दिउँसो भएको विरोध प्रदर्शनमा सहभागीहरुले शंख बजाएर विरोध गरेका छन् । ‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरुले शंख बजाउँदै संसद विघटनको विरोध गरेका हुन् ।

नेपालको संविधानमाथि प्रहार भएकाले विरोध प्रदर्शन गर्नु परेको वृहत नागरिक आन्दोलनमा सहभागी अधिकारकर्मीहरुले बताएका छन् ।

सरकारले संसद विघटन गरेर देशलाई प्रतिगमनतर्फ लगेको भन्दै सरकारको यो कदम संसद विघटन मात्रै नभई संविधानमाथिकै आक्रमण भएको उनीहरुको भनाइ छ ।

विरोध कार्यक्रममा माधवअधिकारकर्मी मोहना अन्सारी, लेखक युग पाठक, पत्रकार नारायण वाग्ले, अर्चना थापा, प्राध्यापक बालकृष्ण माबुहाङ लगायतले बोलेका थिए ।  

प्रदर्शनमा ‘जो रक्षक उही भक्षक’, ‘संविधान माथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’, ‘संसद विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाईं नि?’, ‘समृद्धिको यात्रा, ओलीको गाइजात्रा’, ‘संविधानमाथिको प्रहार, इतिहासको ठूलो अत्याचार’ लेखिएका प्लेकार्ड प्रदर्शनकारीहरूले बोकेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट