लेस्टर र म्यानचेस्टर युनाइटेडको बराबरी-Sutra News

लेस्टर र म्यानचेस्टर युनाइटेडको बराबरी

आइतबार, १२ पौस २०७७

आइतबार, १२ पौस २०७७

एजेन्सी- प्रिमियर लिग फुटबलमा लेस्टर र म्यानचेस्टर  युनाइटेडबीचको खेल बराबरी भएको छ ।



शनिबार राति घरेलु मैदानमा लेस्टरले म्यानचेस्टरलाई २–२ गोलको बराबरीमा रोक्दै अंक बाढ्न बाध्य पारेको छ ।

मार्कुस रासफोर्डले सुरुवातमै युनाईटेडलाई अघि बढाए । ब्रुनो फर्नान्डेजले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै रासफोर्डले खेलको पहिलो गोल गरे ।लगत्तै हार्वे बान्स्रले लेस्टरका लागि बराबरी गोल फर्काए ।

७९औँ मिनेटमा फर्नान्डेजले गोल गर्दै पुन युनाइटेडलाई अघि बढाए । मैदान छिरेको केही मिनेटमै ईडिन्सन काभानीको चलाखीपूर्ण पासमा फर्नान्डेजले युनाईटेडलाई २–१ को अवस्थामा पुर्‍याए ।

त्यसको ६ मिनेटमा जेमी भार्डीले लेस्टरका लागि बराबरी गोल फर्काए ।

बराबरीसँगै लेस्टर २८ अंकसहित दोस्रो र युनाइटेड २७ अंकसहित तेस्रो स्थानमा छ । शीर्ष स्थानको लिभरपुलको ३१ अंक छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट