यमनको हुथी नियन्त्रित क्षेत्रमा हवाई आक्रमण-Sutra News

यमनको हुथी नियन्त्रित क्षेत्रमा हवाई आक्रमण

आइतबार, १२ पौस २०७७

आइतबार, १२ पौस २०७७

एजेन्सी- साउदी सेनाको नेतृत्वमा यमनको मध्य क्षेत्रमा रहेका यमनी हुथी समूहको प्रभाव क्षेत्रमा हवाई आक्रमण गरेको छ । आक्रमण जबल मुराद र जौबा जिल्लाका विभिन्न क्षेत्रलाई लक्षित गरी भएको यमनी टेलिभिजनले बताएका छन् ।



आक्रमणले हुथी समूहमा के कति क्षति भएको भन्नेबारे थप जानकारी भने दिइएको छैन । गठबन्धन वा यमनी सरकारबाट यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । गठबन्धनले सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा हुथी समूहले प्रभाव विस्तार गर्न नसकुन भनेर पछिल्ला केही हप्तादेखि हुथीको प्रभाव क्षेत्रमा हवाई आक्रमण भइरहेका छन् ।

सन् २०१४ अन्त्यदेखि यमन गृहयुद्धमा फसेको छ । यमनमा इरान समर्थित हुथी समूहको कब्जामा उत्तरी प्रान्तहरू रहेका छन् राष्ट्रपति अब्द रब्बू मन्सूर हादीको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई सानाबाट पलायन हुन बाध्य गरेको थियो ।

साउदीको नेतृत्वमा रहेको अरब गठबन्धनले सरकारलाई समर्थन गर्न सन् २०१४ यमनमा हस्तक्षेप गरेको भए पनि अहिलेसम्म यमनमा समानान्तर सरकार सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट