कमल थापाको प्रश्न- २००७ सालमा २ दर्जन क्रिश्चियन भएको नेपालमा अहिले ४० लाख कसरी पुगे ?-Sutra News

कमल थापाको प्रश्न- २००७ सालमा २ दर्जन क्रिश्चियन भएको नेपालमा अहिले ४० लाख कसरी पुगे ?

आइतबार, १२ पौस २०७७

आइतबार, १२ पौस २०७७
फाइल फोटो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सनातन हिन्दु धर्मप्रति आक्रमण भइरहेको बताएका छन् । आइतबार ट्वीटरमा लेख्दै अध्यक्ष थापाले हिन्दु धर्ममाथि आक्रमण भएको बताएका हुन् । 



‘कुनै धर्मप्रति मेरो वैमनस्यता र विरोध छैन । तर, २००७ सालमा २ दर्जन क्रिश्चियन भएको नेपालमा लोभलालच र भ्रम सिर्जना गरेर तथा संगठितरूपमा भैरहेको धर्म परिवर्तनको परिणामस्वरूप अहिले करिव ४० लाख पुगेको छ । हाम्रो गौरवशाली सनातन धर्म र सभ्यतामाथिको यो आक्रमणले असह्य पीडा हुन्छ । के तपाईंको मन दुःख्दैन ?,’ थापाले ट्वीटरमा लेखेका छन् । 

त्यसैगरी अध्यक्ष थापााले धर्मपरिवर्तनको निशानामा सबैभन्दा बढी आदिवासी/जनजाति/दलित समुदाय परेको बताएका छन् । उनले भने, ‘धर्मपरिवर्तनको निशानामा सबैभन्दा बढी आदिवासी/जनजाति/दलित समुदाय परेका छन् ।’ 

अध्यक्ष थापाले पहिचानको रक्षा गरौं भन्ने कथित छद्मभेषीहरू आदिवासी/जनजाति/दलित समुदायको पहिचान मेटाउने षडयन्त्रका मतियार भएको पनि आरोप लगाएका छन् । उनीहरूले डलरसँग राष्ट्रको पहिचानरगौरव बेच्ने गद्दारी गरिरहेको दाबी गर्दै थापाले सनातन धर्म संस्कृतिको रक्षा गर्न सबैलाई आग्रह गरेका छन् ।  

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट