विद्यालयमा आगलागी हुँदा चार लाख क्षति-Sutra News

विद्यालयमा आगलागी हुँदा चार लाख क्षति

आइतबार, १२ पौस २०७७

आइतबार, १२ पौस २०७७

कञ्चनपुर- दोधारा चाँदनी नगरपालिका–१ चाँदनीमा रहेको महाकाली आदर्श माध्यमिक विद्यालयमा शनिबार आगजनी हुँदा करीब रु चार लाख क्षति भएको छ ।



आगजनीबाट विद्यालय भवन र भण्डारणगृहमा राखिएका बेञ्च, डेस्क, कुर्सीलगायत सामग्री जलेर नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

विद्यालयमा आगजनी भएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीका सहयोगमा दमकलको प्रयोग गरी नियन्त्रण गरिएको उनले बताए । ‘विद्यालयमा आगलागीबारे अनुसन्धान भइरहेको छ’, उनले भने, ‘अहिलेसम्म आगलागी हुनाको कारण खुल्न सकेको छैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट