विराटनगर- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो रहेको अविश्वास प्रस्तावमा प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ । प्रदेश १ मा ९३ सांसद छन् । प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् भने मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।