काठमाडौं- नवनियुक्त सहरी विकासमन्त्री प्रभु साहले पदभार ग्रहण गरेका छन् । मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री साहले सरकारको पहिलो प्राथमिकता निर्वाचन भएको बताउँदै सोहीअनुसार काम गर्ने बताएका हुन् ।
त्यस्तै साहले चालू आर्थिक वर्षको बजेटमा समावेश कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउने गरी दोस्रो प्राथमिकता रहेको बताए । उनले भने, ‘भइरहेका कामहरुलाई प्रभावकारी ढंगले अगाडि बढाउने र निर्धारित निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्नु अहिलेको मुख्य दायित्व हो ।’