ओलीको घमण्डले नेकपामा यो अवस्था आयोः भट्टराई-Sutra News

ओलीको घमण्डले नेकपामा यो अवस्था आयोः भट्टराई

आइतबार, १२ पौस २०७७

आइतबार, १२ पौस २०७७

नेपालगञ्ज- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल पक्षका नेता योगेश भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको घमण्डका कारण नेकपामा यस्तो स्थिति आएको बताएका छन् ।



नेकपाको दाहाल-नेपाल पक्षले राखेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेकाले सच्याउनुको विकल्प नभएको बताए । उनले आफूहरुको माग नै संसद पुनःस्थापना भएको दोहोर्‍याए ।

नेता भट्टराईले संसद पुनःस्थापनाका लागि आन्दोलन गर्ने बताए । उनले कार्यकर्ताबीच आफूहरु नै आधिकारिक नेकपा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट