काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै जसपाले आइतबार काठमाडौंमा आफ्ना कार्यकर्तासहित विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शन काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकाबाट सुरु भई रत्नपार्क, बागबजार, पुतलीसडक, भद्रकाली हुँदै पुनः शान्तिवाटिकामै पुगेको थियो । जसपाको जुलुसमा डा.बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, हिसिला यमी, गंगा श्रेष्ठ, नवराज सुवेदीलगायत नेताहरु सहभागी थिए ।