आइतबार थप ४ सय ८१ मा कोरोना संक्रमण-Sutra News

आइतबार थप ४ सय ८१ मा कोरोना संक्रमण

आइतबार, १२ पौस २०७७

आइतबार, १२ पौस २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जनामा कोरोना पुष्टि भएको हो ।



हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५८ हजार १ सय ८१ सय पुगेको छ । पछिल्लो २४ घण्टामा ७३१ जना निको भएका छन् । कोरोनाबाट निको हुनेको संख्या अहिलेसम्म २ लाख ४९ हजार ८ सय ६३ पुगेको छ ।

त्यस्तै, कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय २५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट