गैरआवासीय नेपालीले कोरोनाविरुद्ध लगाए खोप-Sutra News

गैरआवासीय नेपालीले कोरोनाविरुद्ध लगाए खोप

आइतबार, १२ पौस २०७७

आइतबार, १२ पौस २०७७

काठमाडौं- गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपंंक्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।



बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीले कोरोनाविरुद्धको खोप लगाउन थालेका संघले जनाएको छ । विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई आपत्कालीन अवस्थामा खोप दिन थालिसकेका छन् ।

९४.५ प्रतिशत नेपाली कोरोनामुक्त

विदेशमा कोरोना संक्रमणमा परेका नेपालीमध्ये ९४.५ प्रतिशत कोरोनामुक्त भएका छन् । संघका अनुसार शनिबार साँझसम्म विदेशमा ५२ हजार ८७२ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ४९ हजार ८९२ जना कोरोनामुक्त भएको संघअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

समितिका अनुसार गत साता नाइजेरिया, इजिप्स, साउदी अबर, कुवेतमा रहेका नेपालीमा संक्रमण पाइएको छ । हालसम्म विभिन्न २१ देशमा ३१२ नेपालीको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट