अर्को चरणको अफगानी शान्तिवार्ता जनवरी ६ मा दोहामा हुने-Sutra News

अर्को चरणको अफगानी शान्तिवार्ता जनवरी ६ मा दोहामा हुने

आइतबार, १२ पौस २०७७

आइतबार, १२ पौस २०७७

काबुल- तालिवान र अफगान सरकारबीच वार्ताको अर्को चरण कतारमा अर्को महिनादेखि हुने राष्ट्रपति असरफ घानीले आइतबार बताएका छन् ।



राष्ट्रपति असरफ घानीले कतारको दोहामा भएको पहिलो चरणको वार्तापछि स्वदेशमै वार्ताका लागि वातावरण बनाइने बताइरहेपछि तालिवान समूहले सुरक्षाको कारण देखाउँदै अफगानिस्तानमा फर्किन नमानेको एक अफगानी उच्च अधिकारीले आइतबार बताए ।

तालिवान समूह र सरकारबीच दोहाको एक सुविधासम्पन्न होटेलमा सेप्टेम्बर १२ मा पहिलो चरणको वार्ता सुरु भएको थियो तर वार्ता जनवरी ५ सम्मका लागि स्थगित भएको छ ।

‘दोस्रो चरणको वार्ता जनवरी ६ देखि दोहामा नै हुनेछ,’ अफगानिस्तानको समग्र शान्ति प्रक्रियाको नेतृत्व गरिरहेका राष्ट्रिय मेलमिलाप उच्च परिषद्का प्रवक्ता फराइदुन ख्वाजुनले भने ।

‘परिषद्को नेतृत्व समितिले वार्ता दोहामा गर्ने निर्णय गरेको छ,’ उनले ट्वीट्रमार्फत सम्प्रेषण गरेको सन्देशमा भनिएको छ । उनले वार्तामा मध्यस्थता गर्ने बताएका केही मुलुकले कोभिड–१९ को महामारीको कारणले आफ्नो प्रस्तावलाई अघि बढाउन ढिला भइरहेका समय वार्ताको नयाँ स्थान र मिति तय भएको छ ।

यसैबीच समितको नेतृत्वमा रहेका घानी र अब्दुल्ला अब्दुल्लाबीच आइतबार भेटवार्ता भई वार्ताका लागि स्थान र मिति तय भएको हो । घानीले दोस्रो चरणको वार्तामा सरकारको सहयोग थप सशक्त रहने पनि बताए ।

दुबै पक्षका वार्ताकारहरूले महिनौंदेखिको वार्ताले कुनै औचित्यपूर्ण परिणाम दिन नसकेपछि बैठकलाई डिसेम्बरमा केही समयका लागि भन्दै स्थगित गरेका थिए । छलफल र धार्मिक व्याख्याको आधारभूत ढाँचामा दुई समूहबीचको विवाद समाधानतिर जान नसकेपछि वार्ता अवरुद्ध बनेको थियो ।

उक्त शान्तिवार्ताले तालिवान र वाशिङ्टनबीच गत वर्षको फेब्रुअरीमा हस्ताक्षर गरेको महत्वपूर्ण अमेरिकी सेना फिर्तासम्बन्धी सम्झौता पछ्याउनेछ । सम्झौता अनुसार आगामी वर्षको मेमा सबै विदेशी सैनिकहरू अफगानिस्तानबाट फिर्ता हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट