बारेन्ट्स समुद्रमा डुंगा दुर्घटना, १७ जना बेपत्ता-Sutra News

बारेन्ट्स समुद्रमा डुंगा दुर्घटना, १७ जना बेपत्ता

सोमबार, १३ पौस २०७७

सोमबार, १३ पौस २०७७

मस्को- रसियाको पश्चिमी क्षेत्रमा रहेको बारेन्ट्स समुद्रमा माछा मार्न प्रयोग गरिएको एउटा डुंगा सोमबार डुब्दा त्यसमा रहेका कम्तीमा १७ व्यक्ति बेपत्ता भइरहेको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ ।



दुर्घटनामा परेका १९ व्यक्तिमध्ये दुई जनालाई जीवितै उद्धार गरिएको मन्त्रालयको भनाइ छ । ओनेगा नामको निजी डुंगा नोभाया जेम्ल्या नजिकैको जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको र अधिकारीहरुले बिहान ७.३० बजे थाहा पाएका थिए ।

प्रतिकूल मौसमका कारण डुंगा हिउँ जम्दै गएपछि डुंगा नै डुबेको आशंका गरिएको छ । हराइरहेका व्यक्तिको खोजी र उद्धार कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट